संस्करण ३.०.० · Google Play मा उपलब्ध
ड्राइभिङ साथीसँग तयारी, सवारी र यात्रा
लिखित परीक्षाको तयारी गर्नुहोस्, विद्युतीय सवारीबारे बुझ्नुहोस् र यात्राको योजना बनाउनुहोस्। लाइसेन्स र सवारीका विवरण, नवीकरण रिमाइन्डर र खर्चका टिपोट फोनमै राख्नुहोस्।
Google Play बाट डाउनलोड गर्नुहोस्- निःशुल्क
- अफलाइन अध्ययन र गाइड
- खाता चाहिँदैन
- नेपाली वा अङ्ग्रेजी
सुविधाको झलक
स्वाइप गर्नुहोस् · नमुना विवरणसहितका चित्रण, ३.०.० का वास्तविक स्क्रिनसट होइनन्
एपमा के के छ
परीक्षा पास गर्न
- वर्ग क/ट होस् वा ख, तपाईंको वर्गका सबै ५०० आधिकारिक प्रश्न, अनि कुन कुन गरिसक्नुभयो भन्ने एपले सम्झन्छ।
- वास्तविक ढाँचामा समय तोकिएको नमुना परीक्षा, हरेक प्रयास सुरक्षित, त्यसैले अङ्क बढ्दै गएको देख्न सकिन्छ।
- अङ्क मात्र होइन, के पढ्नुपर्छ भनेर पनि बताउने नतिजा; अङ्कलाई वर्गअनुसार छुट्याएर देखाउँछ।
- गलत भएका र पछिका लागि सुरक्षित गरेका प्रश्न फेरि अभ्यास गर्न तयार, अनि हरेक बिहान नयाँ प्रश्न।
- सबै ९४ ट्राफिक चिन्ह, वर्गअनुसार हेर्न मिल्ने।
- बाँकी प्रक्रियाका लागि रङ चिन्ने जाँच र सडक सुरक्षाका सुझाव।
पास भएपछि
- ब्लुबुक, तेस्रो पक्ष बीमा र प्रदूषण जाँच एकै ठाउँमा; एप खोल्नेबित्तिकै कुन म्याद नजिकिँदै छ वा नाघिसकेको छ भनेर देखाउँछ।
- सुरक्षित सवारी विवरणबाट अफलाइन करको अनुमान गर्नुहोस्। उपलब्ध ढिलो शुल्क छुट्टै देखिन्छ; अन्तिम बिल कार्यालयमा पक्का गर्नुहोस्।
- नवीकरणका चरण एक एक गरी: के लैजाने, कति लाग्छ, ढिलो भए के हुन्छ।
- हरेक सवारीको इन्धन, यात्रा र सर्भिसिङको रेकर्ड, वास्तविक माइलेजको हिसाबसहित।
- तपाईंको अनुमतिपत्र र सवारीको विवरण, चाहिएको बेला भेटिने ठाउँमा।
सवारी र यात्राबारे जान्नुहोस्
- सवारी, ट्राफिक चिन्ह, गाइड र सुविधा एकै ठाउँमा खोज्नुहोस्। खोजेको शब्द फोनमै रहन्छ; व्यक्तिगत रेकर्ड खोजमा समावेश हुँदैनन्।
- ईभीका वितरक, ब्रान्ड र मोडल हेर्नुहोस्। उपलब्ध भएअनुसार तस्बिर, प्रकाशित मूल्य र प्राविधिक विवरण पढ्नुहोस्।
- ठाउँ, नेटवर्क वा कनेक्टरअनुसार चार्जिङ स्टेसनका सूची खोज्नुहोस्। फिल्टर लागू वा रिसेट गर्न सकिन्छ। सूचीले अहिले चार्जर उपलब्ध छ भन्ने पुष्टि गर्दैन।
- आठ राजमार्ग, एघार ठाउँ र सडक सुरक्षाका गाइड पढ्नुहोस्। मार्गका मुख्य ठाउँ, यात्राको तयारी र नक्साका लिङ्क पनि भेट्नुहोस्।
- लाइसेन्स आवेदन र नवीकरणका चरण एपमै पढ्नुहोस्, तयारी सूची र आधिकारिक सेवाका लिङ्कसहित।
- थपबाट ड्राइभिङ सेन्टरका लागि School को जानकारी हेर्नुहोस् र एपको नयाँ संस्करण जाँच्नुहोस्।
तपाईंका व्यक्तिगत रेकर्ड फोनमै रहन्छन्। खाता वा साइन इन चाहिँदैन। लाइसेन्स, सवारी र बीमाका विवरण फोनमै सुरक्षित हुन्छन्। तपाईं आफैँले ब्याकअप फाइल निकाल्न सक्नुहुन्छ। एपमा विज्ञापन र प्रयोगसम्बन्धी विश्लेषण छन्; थप विवरण गोपनीयता नीतिमा पढ्नुहोस्। एपको गोपनीयता नीति
इन्टरनेट बिनै अध्ययन र गाइड पढ्नुहोस्। प्रश्न, चिन्ह र एपमा समावेश वा पहिले डाउनलोड गरिएका ईभी तथा यात्रा सामग्री अफलाइन पनि उपलब्ध हुन्छन्। नयाँ सामग्री, बाहिरी वेबसाइट, नक्सा र फोनमा सुरक्षित नभएका तस्बिरका लागि इन्टरनेट चाहिन्छ।
ड्राइभिङ साथी डाउनलोड गर्नुहोस्
एन्ड्रोइडमा निःशुल्क। न खाता, न साइन इन।
वा यतै अभ्यास जारी राख्नुहोस्। प्रश्न उही हुन्।
एपका कर रकम अनुमान मात्र हुन्, बिल होइन।
लिखित परीक्षाको पास अङ्क १०० मध्ये ६० हो।









